
सुनाखरी न्युज/ काठमाडौं ।
२०८२ सालमा अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड चाहिँ विपिन कार्की स्टारर ‘ऊनको स्विटर’ सँग छ । चलचित्र विकास बोर्डको सिनेपाः बक्सअफिसमा फिल्मले ११ करोड ४१ लाख ८९ हजार ६६० नेरु ग्रस कमाएको छ । अर्कोतर्फ, अनमोल केसी स्टारर ‘जेरी अन टप’को कमाइ १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ नेरु ग्रस कमाएको छ । ‘ऊनको स्विटर’ र ‘जेरी अन टप’बीच ९० लाख ४० हजार ८५७ नेरु ग्रसको अन्तर छ ।
अब प्रश्न उठ्छ- के ‘जेरी अन टप’ले ‘ऊनको स्विटर’को कमाइलाई उछिन्ला ?
सम्भावना यसकारण ‘जेरी अन टप’ अहिले पनि हलमा राम्रै संख्यामा शोसहित प्रदर्शनरत छ । चुनौती यसकारण– शुक्रबारदेखि ‘जारी २’, ‘मनबिनाको धन’सहितका फिल्म रिलिज हुँदैछन् । नयाँ फिल्मले शोज संख्यालाई प्रभावित तुल्याउने निश्चित छ । अहिले पनि सप्ताहन्तमा राम्रै अकुपेन्सीसहित ‘जेरी अन टप’ प्रदर्शन भैरहेको देखिन्छ । यसकारण, सम्भावना पनि बलियो देखिन्छ ।