२०८२ फाल्गुन २३ , शनिवार

६० औं जन्मदिनमा शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को पहिलो झलक

shahrukhkhan_king

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबार ६० औं जन्मदिन मनाइरहेका बलिउड अभिनेता शाहरुख खानले प्रशंसकलाई उपहार दिएका छन् । त्यो उपहार, उनको बहुप्रतीक्षित फिल्म ‘किङ’को टिजर सार्वजनिक गरेर । रेड चिलीज इन्टरटेनमेन्ट र सिद्धार्थ आनन्दले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खातामा फिल्म ‘किङ’ को भव्य शीर्षक र शाहरुखको पहिलो लुक सार्वजनिक गरेका हुन् । रेड चिलीज इन्टरटेनमेन्ट र माफ्र्लिक्स पिक्चर्सको ब्यानरमा निर्मित, फिल्म “किङ“ सन् २०२६ मा रिलिज हुनेछ । फिल्ममा शाहरुखलाई यसअघि नदेखिएको लुकमा प्रस्तुत गरिनेछ, जसको पहिलो झलक पहिले नै सार्वजनिक भइसकेको छ ।