२०८२ फाल्गुन २३ , शनिवार

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

रसुवाका-२-विद्यालयद्वारा-छात्रछात्रालाई-शैक्षिक-सामग्री-वितरण

सुनाखरी न्युज/ काठमाडौं ।

समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११ लाख प्रदान गर्नुभएको थियो । पोसाक र शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थी प्रशन्न छन् । समाजसेवी राईलाई विद्यालयका तर्फबाट सम्मान गरिएको छ । बिहीबार विद्यालय परिसरमा विद्यार्थीलाई पोसाक वितरण तथा राईलाई सम्मान गरिएको हो ।
रासस