२०८२ फाल्गुन २४ , आइतवार

जेनजी आन्दोलनको क्रममा १ लाख २० हजार मिटर बराबरको प्रहरी पोशाक गायब

gg1

सुनाखरी न्युज / काठमाडौं ।

आन्दोलनको करिब डेढ महिनापछि डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा पोशाकतर्फ ठूलो क्षति भएको उल्लेख छ । जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको ठूलो मात्रामा पोशाक हराएका छन् । जसमा १ लाख २० हजार ६६१ मिटर बराबरको प्रहरी पोशाक लुटपाट तथा जलेर नष्ट भएको उल्लेख छ । जसमा ट्राफिक पोशाक, बर्दी, गर्भवती महिलाले लगाउने पोशाकहरु रहेको उल्लेख छ । जसमध्ये कति पोशाक लुटिए, कति जले भन्ने खुल्न नसकेको बताइएको छ ।