२०८२ फाल्गुन २३ , शनिवार

घरघरमा लक्ष्मी पुजागरी भित्र्याइँदै लक्ष्मी, जताततै तिहारको झिलिमिली

Laxmi Puija

सुनाखरी न्युज/ काठमाडौं ।

आज लक्ष्मी पूजा।

घर घरको ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै लक्ष्मीपूजा मनाइएको छ।

यस्तै कार्यालयहरूमा धनकी देवी लक्ष्मीको आराधना गर्दै समृद्धि र सौभाग्यको कामना गर्दै लक्ष्मीको पूजा गरिएको छ।

ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिएको छ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस्तै कार्यालयहरू पनि सरसफाइ गरी लक्ष्मी भित्र्याउने गरिन्छ।

 

तिहारलाई झिलिमिली पर्वको रुपमा पनि लिइन्छ । सभासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार लक्ष्मीपूजाको दिन हरेक घर सक्नेजति सफा र झिलिमिली बनाइन्छ ।

 

आज तिहारको तेस्रो दिन सोमबार साँझ लक्ष्मीपूजा गरिँदैछ ।त्यसैले अहिले हिन्दु धर्मावलम्बीहरूका घरहरूमा बत्तीको झिलिमिली छ ।