२०८२ फाल्गुन २३ , शनिवार

सुनको मूल्य आज पनि बढ्यो

gold-1-1024×777

सुनाखरी न्युज/ काठमाडौं ।
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० रूपैयाँले बढेको छ।

सुन आज  प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितो पाँचले बढेर तीन हजार २८० रुपैयाँ खरिदबिक्री हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।