
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई दराज हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंको नयाँ भवनको फर्निसिङका क्रममा महासंघले १० थान स्टिल दराज हस्तान्तरण गरेको हो ।
महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई दजार उपलब्ध गराएको महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताउनुभयो । महासंघले समय समयमा यस किसमको सामाजिक उत्तरदायित्वका कार्यहरुमरा सहयोग गर्दै आएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले उक्त दराज हस्तानतरण गर्नुभयो ।