
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रहरीले ७० औं स्थापना दिवस मनाएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता गृहमन्त्री ओमप्रकाश अर्यालले गरे ।
उनले सहीद प्रहरीप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका थिए।