२०८२ फाल्गुन २३ , शनिवार

वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर थप घटाए

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्।

सञ्चालनमा रहेका २० मध्ये १९ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर औसत ०.३१ प्रतिशत विन्दुले घटेको हो।

असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत रहेकोमा कात्तिक महिनाको लागि यो दर ५.७५ प्रतिशत छ।

अहिले सबैभन्दा धेरै ब्याज एनआइसी एसिया बैंकबाट पाइने भएको छ। यो बैंकले ५.७५ प्रतिशत दिने भएको छ। हिमालयन बैंकबाट सबैभन्दा कम चार प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याजदर सम्बन्धी सूचना सार्वजनिक भएको छैन।

बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दति खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्।

 

१४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। सिटिजन्स बैंक एउटाले ब्याजदर बढाएको छ। बाँकीको ब्याजदर स्थिर राखेका छन् ।

केही समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ । हाल बैंकहरूसँग १० खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।