
सुनाखरी न्युज / काठमाडौं।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा भण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक चलिरहेको हो । २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ । बैठकमा १५ औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ । मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुईथरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ । जेनजी आन्दोलनको दोस्रो दिनमा तोडफोड र आगजनी भएका केन्द्रीय कार्यालयसहित सबै कार्यालायको पुन निर्माणको छलफल बैठकमा हुनेछ ।