२०८२ फाल्गुन २६ , मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक सुरु

UML-CC-Meeting

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ ।

बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ ।

बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ ।

पहिलो दिन बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

 

आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ । यस हिसाबले भोलि शुक्रबार बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।