
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको काठमन्डौ हरर चलचित्र महोत्सबको ( Kathmandu Horror Film Festival – KHFF) हेल्लोविन डे को अबसर पारेर आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ ( कार्तिक १४-१६) सम्म रूसी घर, काठमाडौंमा आयोजना हुने हुने भएको छ। यो नेपालमा पहिलो पटक आयोजना गरिने हरर चलचित्र महोत्सव हो, जसले लोककथा, मिथक तथा विभिन्न हरर र रहस्यका विषयवस्तुमा आधारित चलचित्रहरू प्रदर्शन गर्नेछ। विश्वभरका विभिन्न देशहरूबाट प्राप्त १०० भन्दा बढी चलचित्रहरूमध्ये १५ देशका २५ चलचित्रहरू छनोट भएका छन्। यस विज्ञप्तिसँगै छनोट भएका चलचित्रहरूको सूची पनि संलग्न गरिएको छ। चलचित्रहरूको खुला आह्वान FilmFreeway प्लेटफर्म मार्फत विश्वव्यापी रूपमा गरिएको थियो। प्राप्त फिल्महरूलाई गुणस्तर, विविधता र पारदर्शिताका आधारमा छनोट समिति द्वारा सावधानीपूर्वक मूल्याङ्कन गरिएको हो। यस महोत्सवमा उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिनेछ।
निर्णायक मण्डल (Jury Panel) यस प्रकार रहेको छ:
1, राजभाइ सुवाल – छायांकन निर्देशक/प्रसिद्ध फोटोग्राफर, नेपाल
2, होसाम फाह्मी – चलचित्र समीक्षक, जर्मनी
3, सुश्री एलेक्जान्ड्रा एनबर्ग – चलचित्र समीक्षक, स्विडेन/लाट्भिया
4, सुश्री यास्मिन बुछफार – चलचित्र समीक्षक, मोरोक्को
यस महोत्सवको उद्देश्य नेपालमा हरर शैलीका चलचित्रहरूको निर्माण र विकासलाई प्रोत्साहन गर्नु हो। नेपाली चलचित्र क्षेत्रमा हरर शैलीका फिल्महरू निकै कम निर्माण हुने भएकाले दर्शकहरू नयाँपनको खोजीमा छन्। काठमाडौं हरर चलचित्र महोत्सव यस खालको फिल्म संस्कृतिलाई समृद्ध बनाउने, यस्ता चलचित्रको माध्यमबाट नयाँ पुस्तालाई चलचित्र प्रती आकर्षित गरी चलचित्रको बजार बिस्तारमा एक अर्को नयाँ ढोका खोल्ने एउटा महत्वपूर्ण प्रयास हो। नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो महोत्सव सफल बनाउन सञ्चारमाध्यमहरूको सहयोग र सहभागिता अत्यन्तै आवश्यक छ। यसले विशेष गरी युवा दर्शकहरूका लागि एक नयाँ र रोचक अनुभव प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ। हामी यो ऐतिहासिक महोत्सवलाई सफल बनाउनका लागि सकारात्मक साथ र समर्थनका लागि सबै सञ्चारकर्मीहरू र संचार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछौं।