२०८२ फाल्गुन २३ , शनिवार

विश्वकप छनोट: आज नेपाल ओमानसँग खेल्दै

nepal-1536×1024

सुनाखरी न्युज/ काठमाडौं ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले आज राति ओमानसँग निर्णायक खेल खेल्ने भएको छ। खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः ४५ बजे सुरु हुनेछ ।

ओमानलाई हराए नेपाल टी- २० विश्वकपमा छनोट हुनेछ । यसअघिको दुई खेलमा नेपालले युएई, कतारलाई पराजित गरेको थियो । सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी- २० विश्वकप खेल्नेछन्। सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६-६ अंक छ। रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।