
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल क्रिकेट संघ ( क्यान ) ले शनिबार महिला राष्ट्रिय क्रिकेट टिमका लागि प्रमुख प्रशिक्षक पदमा आवेदन खुला गरेको छ ।
क्यानले ईसीबी वा सीए लेभल–३ वा सो सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव प्राप्त प्रशिक्षकले मात्र आवेदन दिन सक्ने प्रावधान उल्लेख गरेको छ ।
क्यानले आगामी जनवरीमा नेपालमै हुने टि२० विश्वकपको ग्लोबल छनोट र यु१९ विश्वकप छनोटलाई मध्यनजर गर्दै नयाँ प्रशिक्षकको खोजी गरेको हो ।