२०८२ फाल्गुन २६ , मंगलबार

राष्ट्रपति पौडेलद्धारा प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिसँग छलफल

ramchandra-paudel_IbfD8PHGXV

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। जेनजीका एक प्रतिनिधिले पनि छलफलका लागि राष्ट्रपति कार्यालय बोलाइएको जानकारी दिए।

शनिबार बिहान १० बजे शीतलनिवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तय भएको स्रोतले जानकारी दिएको छ।

 

उनका अनुसार सुदन गुरूङ लगायत जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू छलफलमा सहभागी हुनेछन्।

राष्ट्रपति पौडेलले शुक्रबार सरकार र दलहरूसँग छलफल गरेका थिए।

 

छलफलमा आगामी फागुनमा हुने तय भएको चुनावमा लाग्न आग्रह गरेका थिए।

निर्वाचन घोषणा भइसक्दा पनि सरकारले दलहरूसँग संवाद नगरेपछि प्रधानमन्त्रीकै आग्रहमा राष्ट्रपति पौडेलले सरकार र दलहरूबीच संयुक्त रूपमा छलफल गरेका थिए।