
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन् । शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको जिकिर गरे ।‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन/परिमार्जन गरौं,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’आन्तरिक विवादलाई आगामी दिनमा बाहिर नलैजान सचेत गराएका एक नेताले बताए । साथै, उनले राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको पनि बताए ।उनको दल माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको छ ।