२०८२ फाल्गुन २५ , सोमवार

फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

earthquake-seismograph-line (1)

सुनाखरी न्युज/ काठमाडौं ।

फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७।४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन ।

 

यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० जना घाइते भएका थिए ।