
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको २६ सयले बढेर तोलाको २ लाख ३८ हजारमा कारोबार भइरहेको छ ।
यस अघि मंगलबार सुन तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २९५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि चाँदी तोलाको २९६० मा कारोबार भएको थियो ।