
सुनाखरी न्युज/ काठमाडौं ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५.३६ अंक घटेको छ । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् ।
बजार घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७६ करोडको भयो ।
प्रभु इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.१२ प्रतिशत घट्यो । त्यस्तै मञ्जुश्री फाइनान्सको ५.९६, फस्र्ट माइक्रोफाइनान्सको ५.५३ तथा सयपत्री हाइड्रोपावरको ५.४७ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे।