
सुनाखरी न्युज/ काठमाडौं ।
सन् २०२४ को चिकित्सातर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिएको छ।
शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो।
उनीहरूलाई शरीरको रक्षा प्रणाली (इम्युन सिस्टम) लाई अझ राम्ररी बुझ्न सहयोग पुर्याउने खोजका लागि यो पुरस्कार दिइएको हो।
उनीहरूमध्ये मरी ई. ब्रन्को र फ्रेड राम्सडेल अमेरिकाका हुन् भने शिमोन साकागुची जापानका हुन् ।