
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन् ।
दुवै नेताले सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् । ट्रम्पले युद्धविरामका लागि २० बुँदे योजना सार्वजनिक गरेका छन् ।
ट्रम्पले भने, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।’
लगत्तै नेतान्याहूले थपे, ‘गाजामा शान्तिपूर्ण प्रशासन हुनेछ, हमासका सबै हतियार हटाइनेछन् र इजरायल क्रमशः पछि हट्नेछ। सजिलो वा कठिन जुनसुकै बाटोबाट भए पनि यो कार्य सम्पन्न हुनेछ, हमासले मानेन भने इजरायल आफैं पूरा गर्नेछ।’
उता, हमासले भने आफूहरूलाई औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने स्पष्ट पारेको छ । प्यालेस्टिनी सरकारले भने ट्रम्पको योजनाको स्वागत गरेको छ ।
ट्रम्पको गाजा युद्धविराम योजनामा के छरु
पत्रकार सम्मेलनमा ट्रम्पले दिएको जानकारीअनुसार, योजनामा गाजामा युद्ध रोक्ने, सबै बन्दीलाई छोड्ने र अस्थायी प्रशासनिक बोर्ड गठन गर्ने प्रस्ताव छ ।
यस बोर्डको अध्यक्षता ट्रम्प स्वयं गर्नेछन्, जसमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहित अन्य देशका प्रतिनिधि रहनेछन् ।
२० बुँदामा के छ ?
१। तत्काल युद्ध रोक्ने स् यो सहमति भएसँऊै गाजामा युद्ध तुरुन्त अन्त्य हुनेछ ।
२। इजरायलको फिर्ती स् सहमति अनुसार इजरायली सेना क्रमशः गाजाबाट फिर्ता गरिनेछ ।
३। बन्दीमुक्ति स् हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी ९जिउँदा वा मृत० छोड्नुपर्नेछ ।
४। कैदी मुक्त स् युद्धपछि इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य कैदीलाई मुक्त गर्नेछ ।
५। शव आदान–प्रदान स् प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइनेछ ।
६। गाजालाई आतंकमुक्त बनाउने स् सबै आतङ्कवादी आधार र हतियार हटाइनेछ ।
७। हमास प्रशासनमा होइन स् हमास र अन्य ‘आतङ्कवादी’ले गाजाको सरकारले भाग लिन पाउने छैनन् ।
८। अस्थायी प्रशासन समिति स् योग्य व्यक्तिहरूको प्राविधिक समिति गठन हुनेछ ।
९। शान्ति बोर्ड स् अमेरिकी राष्ट्रपति ट्रम्पको अध्यक्षतामा टोनी ब्लेयरसहितको अन्तर्राष्ट्रिय बोर्ड बन्नेछ ।
१०। पुनर्निर्माण योजना स् गाजाको विकासका लागि योजना बनाइनेछ र खर्च बोर्डले व्यहोर्नेछ ।
११। मानवीय सहायता स् तत्काल पर्याप्त सहयोग पुर्याइनेछ ।
१२। विशेष व्यापार क्षेत्र स् रोजगारी बढाउन गाजामा व्यापारिक क्षेत्र स्थापना गरिनेछ ।
१३। जनताको स्वतन्त्रता स् गाजा छोड्न वा फर्किन कसैलाई बाध्य पारिनेछैन ।
१४। सुरक्षा बल स् अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजामा शान्ति कायम गर्नेछ ।
१५। पुलिस तालिम स् उक्त सुरक्षा बलले गाजा प्रहरीले प्रशिक्षण पाउनेछ ।
१६। सीमा सुरक्षा स् इजरायल र मिस्रबीचको सीमा सुरक्षा कडा पारिनेछ ।
१७। लडाइँ बन्द स् युद्ध समाप्त नभएसम्म हवाई आक्रमण र तोपबारी रोकिनेछ ।
१८। मानवअधिकार स्अन्तर्राष्ट्रिय संस्थाले सहयोग र सुरक्षाको निगरानी गर्नेछन् ।
१९। शान्ति वार्ता स् इजरायल र प्यालेस्टाइनबीच वार्ता सुरु गरिनेछ ।
२०। भविष्य योजना स् स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने उद्देश्य रहनेछ ।
पत्रकार सम्मेलनमा प्रश्न लिन अस्वीकार
ट्रम्प र नेतान्याहूले पत्रकार सम्मेलनमा कुनै प्रश्न लिएनन् । ट्रम्पले भने, ‘सबै कुरा निश्चित र हस्ताक्षर नभएसम्म यो प्रश्नोत्तर गर्ने समय होइन।’ नेतान्याहूले पनि ट्रम्पकै निर्णयमा विश्वास गर्ने बताए ।