२०८२ फाल्गुन २४ , आइतवार

काँग्रेस सभापति देउवाले भने : जेनजी आन्दोलन इतिहासकै अकल्पनीय र दुस्खद घटना

DEUBA

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरू नेपालको इतिहासमा अकल्पनिय र दुस्खद घटना भएको बताएका छन् ।

बडादशैंको उपलक्ष्यमा सोमबार  शुभकामना सन्देश जारी गर्दै उनले बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्ति बीचको एकतालाई अझै मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

 

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेर गम्भीर घाइते भएका देउवा अहिले पनि अस्पतालमै छन् ।

सुरक्षाको कारण देखाउँदै उनी सार्वजनिक भएका छैनन् । शुभकामना सन्देश भने उनले सामाजिक सञ्जालमार्फत प्रेशित गरेका हुन् ।