२०८२ फाल्गुन २२ , शुक्रवार

जेन जी क्रन्ती र भविष्यको दिशा

Ram Krishna Pokhrell

राम कृष्ण पोखरेल-

नेपालमा २०४७ मा बहुदलीय पद्धतिमा आधारित लोकतान्त्रको आन्दोलन र ०६२र६३ को गणतन्त्राानिक राज्य स्थापानको आन्दोलन पश्चात् नेपालीहरु विश्व राजनीतिक मंचमा सदावहार क्रान्तिकारीको रुपमा पहिचान बनाउन सफल भएका थिए । २०८२ साल भाद्र २३ र २४ को युवा जेन जी (Gen Z)  समुहको सघन तर छोटोे आन्दोलन जसलाई पश्चिमा देशहरूले कलर रिभ‍ोल्युसन (colour revolution ) को जामा लगाउने गरेकाछन् ।
यसरी नै जेन जीहरु को नाम बाट दक्षिणी एशियायी बंगलादेशमा पनि एक महिना चार दिनमा सघन आन्दोलनबाट निर्वाचित सरकालाई ढालेर निर्वाचित सरकारका प्रधानमन्त्री शेख हसिनालाई देशबाट लखेटेर प्रोफेसर महम्द युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन अगस्त २०२४ मा गठन भएको थियो । प्रोफेसर महम्द युनुसले आन्दोलनकारी युवा जेन जीहरुको सहभागीता गराई अन्तरीम सरकार गठन गरेका थिए । राजनीतिक शिद्धान्तमा अबलंम्बान गर्ने गरेको प्रचलित भनाइ र गराइमा ुजस्को निति उस्कै नेतृत्वु लाई मान्यता दिनु पर्छ भन्ने मान्यता लाइ प्रोफेसर युनुसले साकार रुप दिई आफ्नो नेतृत्वमा अन्तिरीम सरकार गठन गरेका थिए । प्रोफेसर युनुसले आन्दोलनकारी युवाको सहभागीता बिना मुलुकमा परिवर्तन र स्थिरता ल्याउन सकिदैन भन्ने सोचबाटनै जेन जी युवाहरुलाई सरकारमा सहभागी हुन जोडबलनै गरेको बुझिन्छ ।
नेपालमा चरम भ्रष्टाचार, नेपो बेविज प्रवृत्ति (भाइ भतिजावाद), राजनेताका आफ्ना र आफ्ना परिवारको उत्सर्गमा पुगेको जिवनसैली, नेताहरूको अपारदर्शी गैरजिम्मेवार बिच‍ोलियाहरु संगको लेनदेन, नोकरी र राजनीतिक निउक्तीहरुमा रकम कलम असुली, युवा लगाएतका सामाजिक मिडियाहरुको प्रयोगमा राज्यका भ्रष्टनेता र पदाधिकारीहरुले लगाउन थालेको प्रतिबन्धबाट आक्रोशित युवा र आम नेपालीले विदेशीएका आफन्तहरु समेत संग भलाकुसारी गर्न न पाउदाको आक्रोसले सरकार र सरकारी संरचनाहरु आन्दोलनका क्रममा क्षतविक्षत हुन गए ।

जेन जी अथवा पश्चिमी मुलुकमा हुने गरेको कलर रिभोल्युसन सामान्यतया विश्व भरिनै शान्तपुर्ण हुने गरेको पाईन्छ । तर नेपालमा युवाहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेकै कारणबाट भाद्र २३ गतेका दिनमा मात्र झन्डै १९ जना युवा जेन जीहरु गोली लागेर सहादत भए । यसैको फलस्वरूप भाद्र २४ गतेका दिन ठुलो र आक्रोशित जमातहरु कतै कतै हतियार समेत लिएर सरकारका संरचनाहरुमा आगजनी र व्यापक तोडफोड गरेको देखियो । यसरी नै निजी संपति र ब्यापारीक प्रतिष्ठानहरुमा पनि लुटपाट र आगजनी भएको दृश्यहरु यत्रतत्र सरवत्र देखियो । युवा जेन जीहरुले पटकपटक सामाजिक संजालहरु मार्फत आफ्नो आन्दोलन शान्तिपूर्ण हुने अभिब्यक्ति दिदै आईरहेका थिए । तर एक्कासि शान्तिपूर्णरुपमा रहेका जेन जीका जमातमा भाद्र २३ गतेका दिन सुरक्षामा रहेका सुरक्षाकर्मीहरुबाट आन्दोलनकारी माथि बन्दुकको गोली चलाउनु र भाद्र २४ अप्रत्याशित रुपमा ठाउँ ठाउँमा सरकारी संरचना, निजी घर र ब्यापारीक प्रतिष्ठानहरुमा लुटपाट र आगजनी हुनु यो सामान्यतया कहिं पनि घटित हुदैन । तर नेपालमा यस्तो घटनामा देशीविदेशी शडयन्त्र ( conspiracy theory )  बाट हुन गएको हो कि भन्ने आम नेपालीको बुझाई रहेको छ । यो कन्सपिरेसी सिद्धान्तबाट नेपालको सरकारी र निजी संरचनाहरुमा भए गरेको आगजनी, तोडफोड र लुटपाट बाट नेपालमा स्वदेशी र बिदेशी ब्यपारी र उद्योगीहरुलाई नेपालमा पुजी लगानीगर्न बाट बिचकाएको छ । लगानीकर्ताहरुलाई विश्वास दिलाउन स्थिरता र स्थिर सरकारको आवश्यकता रहेको सबै पक्ष सहमत छन् ।

नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पुर्ण १६५ समानुपातिक संघीय सांसद र बिषय विज्ञहरुको २१ जनासम्मको मंत्रीमंन्डलको मांग जेन जीको दयततयmष्लिभ हुनुपर्छ भन्ने आम नेपालीको बुझाई रहेको छ । सासंद मन्त्री न बनाउने प्रचलन युरोपको नोर्डक देशहरुमा रहेको छ । त्यही कारणले नै होला ट्रान्सपरेन्सि ईन्टरनेशनलको बार्षिक सिपिआई ( corruption perception index) मा अतिनै कम भ्रष्टाचार हुनेछ मुलुकमा नोर्डिक देशहरू दर्ज छन । ट्रान्सपरेन्सि ईन्टरनेशनल आखाबाट कुल १८० देशहरूमा नेपाल १०७ ओं स्थानमा राहेका कारणबाट नेपाल अति भ्रष्ट देशको श्रेणीमा पर्ने गरेको छ । युरोपका नार्डिक देशहरुमा नोर्वे, फिनल्यान्ड, स्वेडेन, डेनमार्क आदि देशहरू सिपीआईको श्रेणीमा १ देखि १० का बिचमा पर्दछन । नेपाल आएमफको  ( IMF) आर्थिक अपचलन र भ्रष्टाचारका कारण ग्रे लिष्टमा परेको कुरा सबै नेपालीलाई थाहा भैसको छ। जेन जी युवाहरूको सघन आन्दोलनका कारणबाट बनेको अन्तरीम सरकारको जिम्मा भ्रष्टाचारी नेता, बिचोलिया, नोकारशाहीहरु लाई अबिलंम्व कठघरा उभ्याउनु पर्छ भन्ने मांग आम नेपाली समेतको रहेको छ ।
आउदा दिनमा सरकारले शुसासन दिन र सेवालाई स्वार्थिका झुन्डबाट जोगाउन अल्पकालीन र दिर्घकालिन योजना बनाउनु पर्नेछ । डजिटल प्रविधिको प्रयोगबाट सेवामूलक, जवाफदेही र पारदर्शी सरकार निर्माण गर्न सकिन्छ भन्ने यो पंक्तिकारको पनि ठम्याइ रहेको छ । युरोपको बाल्कन क्षेत्रमा रहेको देश अल्बानियामा एन्टी करप्सन एआई मोडलको डिजिटल सफ्टवेयर बनाई जनवरी २०२५ देखि लागू गरेको छ । यो सफ्टवेयर ले साईबर सेन्टर र मुलुकको मुखियाको टेबुलबाट पनि विभिन्न निकायहरुको अनुगमन गर्न सकिन्छ । नेपालको सरोकारवाला निकायले अल्वानिया मोडलको अबिलंम्ब अध्यन थाल्नु पर्छ । युवा जेन जीहरुले नेपालको आर्थिकसामाजिक विकासको खाका तयार गर्न नेपालमा लुकि बसेको पर्यटन,जलविद्युत, कृषि बाहेक बिविध प्रकारका खनिजहरुको पनि अन्वेषण ९ भहउयिचबतष्यल ० गर्न सक्नु पर्छ । यी खनिजहरुमा दैलेखको प्राकृतिक ग्यास, चुरेको सिवालीक क्षेत्रका भित्री मधेसमा सिमेन्ट बनाउने चुनढुगा अपरीसिमित परिमाणमा रहेकाछन । प्रारम्भिक अनुमान अनुसार १ देखि ३ अरब टन सिमेन्ट बनाउने चुन ढुंगा रहेको छ । चुनढु्गाको उत्खनन गरि भारत, बंगलादेश र अफ्रिकी देशहरुमा बर्सौ सम्म लाखौंलाख मेट्रिक टन सिमेन्ट निर्यात गर्न सकिने छ । स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण र प्रोत्साहन गर्न सरकारले एकद्वार प्रणालीको स्वघोषित ईजाजत र बैकिगं प्रणाली ल्याउन सक्नुपर्छ । मधेसका र सिवालिक क्षेत्रलाई रेल(मार्ग जोडका लागि भारत र बंगलादेश संग ल्यान्ड स्वापिगंको बाटो अबलंम्वन गर्न सक्नु पर्छ ।
नेपालको भुभागका हिमाली क्षेत्रको बनौट पाँच करोड बर्ष पुुरानो हो । यस क्षेत्रमा अति दुर्लभ पृथ्वी तत्व (REEs)  हरुको भंडारण पनि रहेको छ भन्ने भुगर्भ बिज्ञहरुको प्रारम्भिक अनुमान रहेको छ । यी दुर्लभ पृृथवी तत्वमा टेन्टेलियम, नियोबियम, मोलिब्डेनम मुख्य रहेका छन । यी अति दुर्लभ पृथ्वी तत्वका लागि अमेरिकाले डेनमार्कको अधिनमा रहेको ग्रिनल्यानडलाई पटकपटक आफ्नो मातहतमा ल्याउ उद्त रहेको छ । नेपालको यो दुर्लभ पृथ्वी तत्वको भंडारणलाई उत्खनन गर्न सके नेपालका आउदा पुस्ताहरुले गरिबी र अभावका जीवन बिताउनु पर्ने छैन भन्ने आम बुद्धिजीवीहरुको बिचार रहेको छ ।
युवा जेन जीहरुले आफू र आफ्ना बिज्ञहरुबाट मध्य कालीन दिर्घकाली योजनाका खाकाहरु बनाउने र प्रविधि , साधन र श्रोतहरु परिचालन गर्ने काममा अघि बढ्नुपर्ने समयको मांग रहेको छ ।