२०८२ फाल्गुन २३ , शनिवार

महासंघले गरायो अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण

rameshour khanal

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सु्नचाँदी ब्यवसायी महासंघले अन्तरिक सरकारमा अर्थमन्त्री रामेश्वर खनाललाई सुनचाँदी ब्यवसायका समस्या र अब्यवहारिक कर नीतिका बिषयमा जानकारी गराएको छ ।

माहासंघले चालु आर्थिक बर्षको बजेट मार्फत अघिल्लो सरकारले सुनको कारोबारमा लगाएको विलाशिता शुल्क लगायतका बिषयमा जानकारी गराउँदै तत्काल त्यसलाई हटाउनु पर्ने माग गरेको हो ।

अघिल्लो सरकराले विलाशिता शुल्कको तहगत ब्यवस्था मन्त्रिपरिषदको निणृइवाट हटाएको भएपछि यसलाई पूर्णरुपमा हटाउनु पर्ने माग महासंघको छ ।