
सुनाखरी न्युज/ काठमाडौं ।
सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा सम्मानित भक्तपुर जिल्ला अदालत समेतको आदेशबाट पुर्पक्षको लागि कारागार कार्यालय, नख्खुमा रहि मिति २०८२/०५/२४ गते आन्दोलनको क्रममा भागि फरार भएका प्रतिवादी शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लि. भक्तपुरका संचालक केदारनाथ शर्मालाई यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०६/८ जिल्ला ललितपुर,ललितपुर मा.न.पा २ , सानेपाबाट पक्राउ गरी श्री कारागार कार्यालय, नख्खु बुझाईएको छ ।
पक्राउ परेको व्यक्तिको विवरण :
नाम थर: केदारनाथ शर्मा
उमेर: ५० बर्ष
ठेगाना: जिल्ला बाँके उठारापुर गा.वि.स. वडा नं. २
हाल परिवर्तित खजुरा गा.पा. वडा नं. ६ स्थायी वतन भई
हाल का.जि. का.म.न.पा. वडा नं. ४ सुकेधारा बस्ने