२०८२ फाल्गुन २३ , शनिवार

गायिका समिक्षा अधिकारीको स्वरमा “आयो दशैं” सार्वजनिक

maxresdefault

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालीहरुको महान पर्व बडा दशैंको विशेष अवसरमा गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको स्वरमा रहेको मौलिक गीत “आयो दशैं“ सार्वजनिक भएको छ। गीतका शब्द अशोक अर्यालले लेखेका छन् र संगीत रचना राजु अर्यालले गरेका हुन्। गीतमा बिनोद बाजुरालीले एरेन्ज गरेका हुन भने खडक बाजुरालीले मास्टरिङको काम गरेका छन ्। यस गीत दशैंको चाडपर्वको माहोललाई संगीत र भिडियो मार्फत व्यक्त गर्दै धेरैलाई मन पर्नेमा आफु निकै आशावादी रहेको गायिका समिक्षा अधिकारीले बताईन । गीतको भिडियोमा अशोक अर्याल र प्रतिमा अर्यालको अभिनय छ। यस भिडियोलाई प्रतिमा अर्यालले निर्माण गरेकी छन्, र निर्देशन र कोरियोग्राफी शिव बि.के ले गरेका छन्। छायांकन पशुपति बस्यालले गरेका छन्, जसले दशैंको रमाइलो माहोललाई दृश्यमा उतार्ने काम गरेका छन्। भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका छन्।