
सुनाखरी न्युज/ काठमाडौं ।
शिक्षामन्त्री महावीर पुनले आफूलाई केहि दिन फोन नगर्न र म्यासेज नपठाउन आग्रह गरेका छन् ।मन्त्री पुनले आफू मन्त्रीमा नियुक्त भएपछि हजारौँ फोन र म्यासेज आइरहेको उल्लेख गरेका छन् । उनले आफू मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउनम व्यस्त भएकोले केही दिन फोन र म्यासेज नगर्न आग्रह गरेका हुन् ।
यही असोज ६ गते शिक्षामन्त्रीमा नियुक्त भएका पुनले त्यही दिन विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चारवटा सल्लाहकार समिति गठन गर्ने निर्णय गरेका थिए ।
जसमा अन्तरिक्ष प्रविधि, न्युक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गर्ने निर्णय गरिएको थियो ।