२०८२ फाल्गुन २५ , सोमवार

गृहसचिवको जिम्मेवारी दंगाललाई, गोकर्णमणि राष्ट्रिय योजना आयोगमा

Rameshwar-Dangal

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ ।

जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।

 

दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।

 

 

यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारी थिए ।

जेन–जी आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो । स्रोतका अनुसार, उनलाई योजना आयोगको सचिवालमा जिम्मोवरी तोकिएको छ ।