२०८२ फाल्गुन २३ , शनिवार

सुनको मूल्य हालसम्मकै उच्च , प्रतितोला  २ लाख २१ हजार नाघ्यो 

Gold High

सुनाखरी न्युज/ काठमाडौं ।
सुनको मूल्य हालसम्मकै उच्च  भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

 

अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । विगत एक महिनामा सुनको भाउ करिब २६ हजार रुपैयाँ बढेको छ । भदौ ६ गते सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै अघिल्लो दिन २६५० रुपैयाँ रहेको चाँदी आज २६८० मा पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।