२०८२ फाल्गुन २४ , आइतवार

पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन

Gauri Bahadur Karki

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको  बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

जाँचबुझ आयोग अध्यक्ष नियुक्त कार्की विशेष अदालतका पूर्वअध्यक्षसमेत हुन् । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

जाँचबुझ आयोग ऐनअन्तर्गत गठित आयोगलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ । अध्यक्ष कार्कीले आयोगले दोषी किटान र कारबाही सिफारिस गर्ने बताए ।