
सुनाखरी न्युज/ काठमाडौं।
काठमाडौं, महालेखा नियन्त्रक कार्यालय, अध्यागमन विभाग तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचल) को सहकार्यमा नेपाल सरकारको अनलाईन राजस्व भुक्तानीको पोर्टल (Revenue Management Information System (RMIS) मा अन्तर्राष्ट्रिय कार्डबाट समेत Electronic Travel Authorization (ETA/evisa)सम्बन्धी भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । आज महालेखा नियन्त्रक कार्यालयमा भएको एक औपचारिक कार्यक्रम बीच माननीय अर्थ मन्त्री रामेश्वर प्रसाद खनालज्यूको प्रमुख आतिथ्यमा सेवाको शुभारम्भको घोषणा गरिएको हो । उक्त कार्यक्रममा मुख्य सचिव, अर्थ सचिव, महालेखा नियन्त्रक, अध्यागमन विभागका महानिर्देशक तथा अर्थ मन्त्रालय, अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) तथा एनसीएचलका वरिष्ठ पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
उक्त सेवाको शुभारभ सँगै अब अन्तर्राष्ट्रिय पर्यटकहरुले ETA-/e-visa (https://nepaliport.immigration.gov.np/eta-visa-processing)तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा visa on arrival का निम्ती आफ्नो विभिन्न अन्तर्राष्ट्रिय कार्डबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । यसले अनलाइन भिसा आवेदन प्रक्रिया निकै सहज र अध्यागमन विभाग तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा गुणात्मक सुधार आउने विश्वास लिइएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत कनेक्टआइपीएसको गेटवेबाट कनेक्टआइपीएसको वेब/एपका साथै नेपालपे क्यूआर मार्फत नेपाल सरकारको कर तथा गैर कर राजस्व भुक्तानीहरु लगायतका विभिन्न भुक्तानीहरु हुँदै आएका छन् ।
राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा थपिएपछि, सरकारी राजस्व संकलनमा हाल पहिलो चरणमा ETA/ e-visa लाई आबद्ध गरिए सँगै अब इलेक्ट्रोनिक भुक्तानीको प्रयोग अझ बढ्ने अपेक्षा गरिएको छ । सो सेवा आगामी दिनहरुमा विभिन्न सरकारी भुक्तानीका लागि अन्य विभाग तथा राजस्व संकलन कार्यालयहरुसम्म पनि यसलाई पनि विस्तार गरिनेछ । एनसीएचएलले महालेखा नियन्त्रक कार्यालय तथा अर्थ मन्त्रालयसंग सहकार्य गर्दै सरकारले गर्ने खर्च तथा राजस्व भुक्तानीलाई डिजिटल बनाउन निरन्तर काम गर्दै आइरहेको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्र सरकारको रु १,२१९ अर्ब खर्च सम्बन्धी कारोबार र रु ३६६ अर्ब राजस्व सम्बन्धी कारोबार एनसीएचएलका प्रणालीहरु मार्फत पर्छयौट भएको थियो । थप जानकारीका लागि https://fcgo.gov.npवाhttps://www.immigration.gov.np/ वा https://nchl.com.np/ मा हेर्नुहोस् ।