२०८३ बैशाख २० , आइतवार

संविधानको मर्मअनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड

20250919_080301

सुनाखरी न्युज/ काठमाडौं।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले संविधानको मर्म र भावनाअनुसार कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज चन्द्रगढीमा आयोजित कार्यक्रममा प्रमुख बरालले आठ वर्षे प्रयासपछि निर्माण भएको संविधानले धेरै विषय समेटेको बताउँदै देखिएका समस्या समीक्षा गरी समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गोपालकुमारी अधिकारीले संविधानले सबै जाति, वर्ग र क्षेत्रको सहभागिता सुनिश्चित गरे पनि युवा पुस्ताको मागलाई सम्बोधन गर्दै समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले संविधानका केही प्रावधानप्रति नागरिक स्तरमा देखिएको असन्तुष्टि प्रक्रियागत छलफलमार्फत समाधान गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्लास्थित कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
रासस