२०८२ फाल्गुन २५ , सोमवार

कोटेश्वरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुल्यो

koteshwar-bhatbhateni

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौँ महानगरपालिका – ३२ कोटेश्वरस्थित भाटभटेनीको चौथो तलामा आज बिहान भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका- ६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइलीको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, “आज बिहान अन्दाजी ९ : ३० बजेको समयमा कोटेश्वर भाटभटेनीको चौथो तलामा शव जली अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो । आवश्यक प्रक्रियापश्चात् उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका – ६ का २२ वर्षीय विकास रसाइलीको रहेको पुष्टि भएको हो ।” उक्त शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ( टिचिङ)  मा पठाइएको प्रवक्ता बोहराले बताए ।( रासस )