२०८२ चैत्र १ , आइतवार

महोत्तरीको जनजीवन सामान्य बन्दै

mahottari_2XzVRA33dI

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाइएको निषेधाज्ञा फिर्ता गरेसँगै जिल्लाको जनजीवन आजदेखि सामान्य बनेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निषेधाज्ञा फिर्ता गरिएसँगै आजदेखि जिल्लाको जनजीवन सामान्य बनेको हो । स्थानीयको चहलपहल बढेको छभने हाटबजार, पसल, कलकारखाना, यातायात, शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको छ । यसैबीच, जेनजीको आन्दोलनका कारणमा जलेश्वर कारागारबाट भागेका चार सय ७६ कैदीबन्दी अझै फर्किएका छैनन् । गत मङ्गलबार राति जलेश्वर कारागारबाट पाँच सय ७६ कैदी फरार भएका थिए । एक सय जना कैदीबन्दी मात्र फर्केर आएका छन् भने चार सय ७६ कैदीबन्दी अझै फरार नै रहेका जेलर अशोक क्षेत्रीले जानकारी दिनुभयो । बुधबार कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म चार भारतीयसहित एक सय जना कारागारमा आइसकेका र अझै आउने क्रम जारी रहेको उहाँले बताउनुभयो । भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी रिसालले बताउनुभयो ।
रासस