२०८२ फाल्गुन २३ , शनिवार

काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा सोमबारबाट पठनपाठन सुरू हुने

school 2

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिका परिसरका विद्यालयहरूमा सोमबारबाट पठनपाठन सुरू हुने भएको छ।

महानगरले  शनिबार सूचना जारी गर्दै विद्यालयमा कर्मचारी तथा शिक्षकहरू आइतबार नै उपस्थित भएता पनि पठनपाठन भने सोमबारबाट सुरू हुने जनाएको हो।

विद्यालयको प्रशासनिक काम आइतबार  हुने र क्षति भएरनभएको जानकारी तथा विवरण महानगरमा पठाउन भनिएको छ।

यस्तै, सञ्चालन गर्न सक्ने स्थिति भए सोबारदेखि पठनपाठन हुनेछ। अभिभावकसँग विद्यालयमा आउन-जान र नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरणको व्यवस्था समेत मिलाइने महानगरले जनाएको छ।

भदौ २३ र २४ गते जेनजीहरूको नाममा भएको आन्दोलनपछि विद्यालयहरू बन्द गरिएका थिए।