
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बनेको दोस्रो दिन सुशीला कार्की घाइतेसँगको भेटघाटका लागि अस्पतालमा व्यस्त देखिइन् । गत सोमबार र मंगलबार देशभर चलेको ‘जेनजी आन्दोलन’ पछि सिर्जित प्रतिकूल राजनीतिक अवस्थामा शासनको बागडोर सम्हाल्न आइपुगेकी उनले शनिबार दिनभर अस्पताल र प्रदर्शनकारीबाट क्षतविक्षत संरचनाको अवलोकन गरिन् ।
दिउँसो ट्रमा सेन्टर पुगेर घाइतेको अवस्था बुझेकी उनी चार बजे आसपास नयाँ बानेश्वरको सिभिल अस्पताल आइपुगिन् । त्यहाँ रहेका घाइतेको अवस्था बुझिन् र ढाडस दिइन् ।
उनले आन्दोलनको मर्म अनुसार दैनिक १८ घण काम गर्ने बताइन् ।