२०८२ फाल्गुन २६ , मंगलबार

नेपाली सेनाले नियन्त्रणमाबाट घर पठाइन थाले निवर्तमान मन्त्रीहरू

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ ।

जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले सुरक्षार्थ ब्यारेकमा लगेको थियो ।

आजबाट भने घर फर्कन दिइएको निर्वतमान एक मन्त्रीले बताए ।

सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो ।

त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले छोडेको छ ।