२०८२ फाल्गुन २३ , शनिवार

काठमाडौंमा बिहानैदेखि वर्षा, यस्तो छ आजको मौसम पुर्वानुमान

weather2

सुनाखरी न्युज/ काठमाडौं ।
देशका अधिकांश भागमा मनसुन सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर छ भने पश्चिममा सरदरभन्दा केही उत्तरतिर अर्थात् नेपालतिर छ।

जसका प्रभावले केही स्थानमा भारी वर्षाको सम्भावना छ। अहिले बिहान देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ।

पछिल्लो २४ घन्टामा धेरै केन्द्रका सय मिलिमिटर भन्दा बढी पानी परेको छ।

 

बिहीबार कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाड र मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भु–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।