२०८२ फाल्गुन २६ , मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझी पनि कारागारबाट फरार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन्।सुन्धारा कारागारको भद्र बन्दीगृहमा रहेका रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्। कारागार स्रोतका अनुसार अहिले भद्र बन्दीगृहमा नभागेका एक सय जना कैदी छन्। त्यसबाहेक अरू बन्दीगृहमा तीन/ चार सय जना कैदीबन्दी छन्। कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्।