२०८२ फाल्गुन २६ , मंगलबार

डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि सेनाले रोक्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ ।बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन् ।उनीहरू कारागारको सुरक्षा घेरा तोडे‍र भाग्न खोजेपछि अहिले त्यहाँ बाक्लो संख्यामा सेना परिचालन गरिएको छ।सेनाले घेरे पनि उनीहरूले नाराबाजी गर्न छाडेका छैनन्।