२०८२ फाल्गुन २६ , मंगलबार

बागलुङका पार्टी कार्यालयमा तोडफोड

545001642_763409836468399_192116539033693269_n_DckP8FppFU

सुनाखरी न्युज/ काठमाडौं ।

बागलुङमा जेनजी आन्दोलनले उग्ररुप लिएको छ । प्रदर्शनकारीहरुले यहाँस्थित राजनैतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पु¥याएका छन् । उनीहरुले मङ्गलबार साँझ बागलुङस्थित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय तोडफोड गरेका हुन् । एमालेको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचरका सामग्री निकालेर सडकमा ल्याएर जलाएका उनीहरुले त्यसपछि माओवादी केन्द्र बागलुङको पार्टी कार्यालय तोडफोड गरेर कागाजातपत्र जलाइएको छ । त्यसलगत्तै नेपाली कांग्रेस बागलुङको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचर सडकमा ल्याएर जलाइएका थिए । रासस