२०८२ फाल्गुन २६ , मंगलबार

सिंहदरबार जेनजीको कब्जामा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा गरेका छन् । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए । अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् । स्थिति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा पछि हटेको छ । सिंहदरबारको माथिको आकाशमा आगो मुस्लो उडिरहेको देखिन्छ ।