२०८२ फाल्गुन २६ , मंगलबार

सभापति देउवाको निवासमा आगजनी

Gen-Z_andolan_2nd-Day_ser-bahadur-deuba

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।