२०८२ फाल्गुन २७ , बुधवार

झापामा निजामती सेवा दिवस मनाइयो

cdo-office-jhapa

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा आज बिहान यहाँ २२ औँ निजामती सेवा दिवस मनाइएको छ । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले धेरै प्रयत्न पश्चात् कर्मचारीसम्बन्धी नयाँ ऐन जारी हुने क्रममा रहेको बताउँदै कर्मचारीप्रति समाजमा रहेको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । यसैअवसरमा गत शुक्रबार वृक्षारोपण कार्यक्रमका साथै कर्मचारी ट्रेड युनियन र प्रमुख जिल्ला अधिकारीको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो ।
रासस