२०८२ फाल्गुन २६ , मंगलबार

आजदेखि नेपाल-चीन संयुक्त सैन्य अभ्यास सुरु हुँदै

nepal-china-flag

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास आजदेखि काठमाडौंमा सुरु भएको छ । नेपाली र चिनियाँ सेनाबीच हुने संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो, जसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुने जानकारी दिए।

नेपालमा चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना गरिएको यो तेस्रोपटक हो। नेपालमा २०७४ साल वैशाखमा पहिलोपटक चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना भएको थियो। २०७५ सालमा चीनको छेन्दुमा र २०७६ सालमा नेपालमा भएको थियो।

त्यसपछि बीचमा कोभिड महामारीका कारण सैन्य अभ्यास आयोजना हुन सकेको थिएन। नेपाली सेनाले भारत, अमेरिका लगायतका देशहरुसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।