२०८२ फाल्गुन २३ , शनिवार

‘कमेडी दरबार’ युट्युबमा प्रसारण हुन सकेन

omedy-darbar_L6RteaMDle

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सरकारले सूचीकरणमा नआउने सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि लोकप्रिय कमेडी कार्यक्रम ‘कमेडी दरबार’ पनि त्यसको प्रत्यक्ष मारमा परेको छ । लोकप्रिय हास्य–व्यङ्ग्यात्मक कार्यक्रम ‘कमेडी दरबार’ सामाजिक सञ्जाल प्रतिबन्धका कारण निर्धारित मितिमा युट्युबमार्फत सार्वजनिक हुन सकेन।

हरेक शुक्रबार प्राइम टेलिभिजनमार्फत प्रसारण हुँदै आएको यो कार्यक्रम सरकारी प्रतिबन्धका कारण युट्युबमा अपलोड हुन नसकेको हो ।टिमले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै सरकारले युट्युब सहित सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको कारण शुक्रबारको एपिसोड प्रसारण हुन नसकेको जनाएको हो “सरकारको निर्णय हो, मान्ने बाहेकको विकल्प छैन। हाम्रा दर्शक–श्रोतासँग क्षमा प्रार्थना गर्दछौँ,” टिमले जारी गरेको सूचनामा भनेको छ।