२०८२ फाल्गुन २३ , शनिवार

बारम्वार उपभोक्ता भुक्याउँदै एनसेल, नियमनकारी निकाय मौन !

Ncell No

सुनाखरी न्युज/ काठमाडौं ।
टेलिफोन सेवा प्रदायक कम्पनि एनसेलले बारम्वार उपभोक्ता अधिकार उल्लंघन कार्य गर्दा पनि यसको नियमनकारी निकाय मौन रहेको
छ । एनसेलले आफ्नो नम्वर प्रयोग गर्ने ग्राहकहरुलाई ९८०००१००१० वाट बारम्वार फोन गर्ने गर्दछ । यसरी फोन गर्दा ग्राहकलाई अनावश्यकरुपमा रुपमा सेवा लिन बाध्य पारिन्छ ।

एनसेलको ९८०००१००१० नम्वरवाट फोन आएपछि स्वतः मेसिन वोल्दछ । जसले विभिन्न सेवाहरु लिनका लागि कुन नम्वर थिच्ने भन्ने जानकारी दिन्छ । उपभोक्ताले जे सुकै नम्वर थिके पनि उसले उपभोक्ताको एउकाउन्ज्ट वाट पैसा काट्दछ । यो बिषय सामान्इ उपभोक्तालाई थाहा नै हुँदैन । थाहा हुनेहरुले भने यो नम्वर वा आएको फोन नै उठाउँदैनन् वा उठाएर पनि कुने नक्वर थिच्दैनन ।
यस्तै ऐनसेलले बारम्वार ग्राहकको नम्वरमा म्यासेज पठाएर ग्राहक झुक्याउने कार्य पनि गर्दछ । म्यासेजमा कुनै नम्वर वा कि हरु थिच्न सुझाउँछ । । जेसुकै थिचेपनि उसले पैसा भने काटिहाल्दछ ।
यो एनसेलका ग्राहकमाथि बारम्वार भैरहने घटना हो ।
यस्ता छ्न ग्राहक ठग्ने एनसेलको तरिकाहरु:

-९८०००१००१० नम्बरबाट अनावश्यक कलहरू आउने, जसमा सेवा प्रस्ताव गरिन्छ तर स्पष्ट सहमति बिना सेवा सक्रिय गरिन्छ ।
-म्यासेज आएपछि सेवा स्वतः नवीकरण हुने, जसले गर्दा ब्यालेन्स अनावश्यक रूपमा काटिन्छ ।
-सेवा बन्द गर्न कठिन प्रक्रिया, जसले उपभोक्तालाई मानसिक तनाव दिन्छ ।
-ग्राहक सेवा कमजोर, जसले समस्या समाधानमा ढिलाइ गरिरहेको छ ।

यी सबै व्यवहारहरू उपभोक्ता अधिकारको उल्लंघन हो । दूरसञ्चार सेवा प्रदायकले पारदर्शिता, सहमति, र सहजता सुनिश्चित गर्नुपर्ने हो । तर एनसेलले उपभोक्तालाई बाध्यकारी रूपमा सेवा लिन बाध्य पारिरहेको देखिन्छ ।

यस बिषयमा कुरा गर्न खोज्दा एनसेलकी कर्पोरेट कम्युनिकेशन अफिसर विशाखा कुँवर खड्का सम्पर्कमा आउन चाहनु भएन ।

यस बिषयमा नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीलदे भने यस्तो नगर्न धेरै पटक भनिएको हो, तर उसले ब्यवहारमा सुधार गरेको पाइँदैन । यस बिषयमा प्राधिकरण किन मौन वसेको हो भन्ने जिज्ञासामा उनले भने ‘एनसेलको यस्ता व्यवहारको छानबिन हुनुपर्दछ । उपभोक्तालाई बिना सहमति सेवा दिने कार्यमा हुनु हुँदैन ।’

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) काठमाडौंको लैनचौरमा मुख्यालय रहेको टेलिफोन सेवा प्रदायक कम्पनि हो । सरकारी कर होस वा उपभोक्ता ठगी, कुनै पनि बिषयमा यो कम्पनि बारम्वार बिदादमा आइरहने गरेको छ ।  कर विवाद, स्वामित्व पारदर्शिता, उपभोक्ता सेवा सम्बन्धी गुनासोहरू (जस्तै अनावश्यक सेवा सक्रियता, ब्यालेन्स कटौती) जस्ता कराणले यो कम्प्नि प्राय सधैं जसो विवादमा मुछिइनै रहेको हुन्छ । जसका कराण स्थापनको छोटो समयमा नै यसको स्वामित्व बारम्वार परिवर्तन भैसकेको छ ।

नेपालको मा दूरसञ्चारको विकास र प्रतिष्पर्धामा क्रान्ति नै ल्याएको भए पनि पछिल्लो समय उपभोक्ता अधिकार उल्लंघनका घटनाले आलोचना खेपिरहेको छ।

(उपभोक्ता अधिकार उल्लंघनका थप घटना अर्को समाचभारमा समावेस गरिने छ ।)