
सुनाखरी न्युज/ काठमाडौं ।
इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ HOT 60 Pro Series सार्वजनिक गरेको छ। यस अन्तर्गत दुई दमदार स्मार्टफोनहरू — HOT 60 Pro+ र HOT 60 Pro उपलब्ध छन्। आकर्षक डिजाइन, दमदार प्रदर्शन र आधुनिक सुविधासहित यी फोनहरूले मिड–रेञ्ज स्मार्टफोनको स्तरलाई नै नयाँ उचाइमा पुर्याएका छन्। HOT 60 Pro+ – नेपालमा यस सेगमेन्टमै पहिलो सबैभन्दा स्लिम फोन केवल 5.95mm पातलो र 155 ग्राम वजन भएको HOT 60 Pro+ अहिले नेपालमै यो श्रेणीको सबैभन्दा स्लिम फोन हो। आकारमा पातलो भए पनि यसमा 5160mAh क्षमताको ब्याट्री 45W फास्टचार्जसहित छ, जसले दिनभर आरामसँग पावर दिन्छ।
मुख्य विशेषता:
• 5.95mm अल्ट्रा-स्लिम, 155g हल्का डिजाइन
• 1.5K 144Hz कर्भ्ड AMOLED डिस्प्ले
• MediaTek Helio G200 प्रोसेसर (TÜV 5 वर्ष फ्लुएन्सी)
• 50MP SONY IMX882 क्यामेरा, AI RAW इञ्जिनसहित
• १६GB सम्म RAM (8+8 Extended), 128GB स्टोरेज
• Infinix AI∞ र In-Display Fingerprint
मूल्य: HOT 60 Pro+ (8+128GB) – रु. 26,999/-
HOT 60 Pro – गेमिङका लागि बनेको फोन HOT 60 Pro 6.6mm स्लिम डिजाइनमा मात्र 170 ग्राम वजनसहित आएको छ। विशेष गरी गेम खेल्ने प्रयोगकर्तालाई ध्यानमा राखी बनाइएको यो फोनमा 144Hz AMOLED डिस्प्ले, 5160mAh ब्याट्री र स्मूथ प्रोसेसिङको सुविधा छ।
मुख्य विशेषता:
• 6.6mm स्लिम र हल्का डिजाइन (170g)
• 1.5K 144Hz AMOLED डिस्प्ले (Corning® Gorilla® Glassसहित)
• 45W फास्टचार्जसहित 5160mAh 5 वर्ष टिक्ने ब्याट्री
• गेमिङ र मनोरञ्जनका लागि दमदार प्रदर्शन
• 8GB + 128GB स्टोरेज विकल्प
मूल्य: HOT 60 Pro (8+128GB) – रु. 20,999/-
उपलब्धता
HOT 60 Pro+ र HOT 60 Pro अब नेपालभर विभिन्न आकर्षक रंगमा पाइन्छन्। प्रिमियम डिजाइन र पावरफुल स्पेसिफिकेसनलाई किफायती मूल्यमा उपलब्ध गराउँदै HOT 60 Pro Series ले यो सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड सेट गरेको छ।
Infinix बारेमा
Infinix Mobility एक अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड हो, जसले स्टाइलिश डिजाइन, भरपर्दो प्रदर्शन र सहज मूल्यलाई आफ्नो मुख्य विशेषता बनाएको छ। २०१३ देखि सुरु भएको इन्फिनिक्स अहिले ७० भन्दा बढी मुलुकमा उपलब्ध छ र आधुनिक प्रयोगकर्ताको जीवनशैलीसँग मेल खाने उत्पादनहरू बजारमा ल्याउँदै आएको छ।