२०८२ फाल्गुन २३ , शनिवार

रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक

86f11029-42e8-4b3c-94c0-9d057080394a

सुनाखरी न्युज/ काठमाडौं ।

मोडल रिहान शंकरले “जानि बेलैमा” बोलको नया गित सार्वजनिक गरेका छन । गीतमा सम्झना भण्डारी र मोहन खड्काले स्वर दिएका छन् भने लय र शब्द सिर्जना संगीत परियारले गरेका हुन्। गीतका शब्दहरूले नेपाली युवायुवतीको वास्तविकता बोल्छन् भने स्वरले त्यसलाई थप जीवन्त बनाएको छ। भिडियोको निर्देशन चर्चित निर्देशक निसान बानियाले गरेका छन । भिडियोमा रिहान शंकर र आयुष्मा कार्कीले अभिनय गरेका छन्। दुवै कलाकारको भावपूर्ण अभिनयले गीतलाई अझ प्रभावकारी बनाएको छ। भिडियो छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन दिपक विष्टले गरेका छन्। दृश्य, कथा र भावनात्मक प्रस्तुति कारण भिडियो निकै आकर्षक बनेको छ। गीतलाई रिहान शंकरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।