२०८२ फाल्गुन २३ , शनिवार

‘मिस नेपाल २०२५’ को  उपाधि जितिन् लुना लुइँटेलले, दीपशिखा नेपाल र उरुषा भण्डारी उपविजेता उपविजेता

Miss Nepal 2025 Luna

‘मिस नेपाल वर्ल्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्‍याइ दिइन् । स्कूभा डाइबरसमेत रहेकी लुना १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन् ।
सुनाखरी न्युज/ काठमाडौ ।

लुना लुइँटेल मिस नेपाल २०२५ घोषित भएकी छन् । आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै २६ वर्षीया लुनाले मिस नेपाल वर्ल्डको ताज पहिरेकी हुन् ।

लुना लुइँटेलले ‘मिस डिएचआई’, दीपशिखा नेपालले ‘नेसनल लाइफ मिस इम्पावर्ड च्वोइस’ र स्मृति श्रेष्ठले ‘फारमसी फेस अफ दि इयर २०२५’को उपाधि जितिन् । स्मृतिले यो सहित मिस फोटोजेनिकको उपाधि पनि आफ्नै पोल्टामा पार्न सफल भइन् ।

‘मिस नेपाल वर्ल्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्‍याइ दिइन् । स्कूभा डाइबरसमेत रहेकी लुना १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन् । उनले त्यहाँ नर्सिङ अध्ययन गरिन् । ‘युनिभर्सिटी अफ सिड्नी’बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन् । लुना ‘लर्न अर्न एण्ड रिटर्न’ अर्थात् ‘सिक, कमाई र फिर्ता गर’ भन्ने अवधारणामा विश्वास गर्छिन् ।

प्रतियोगितामा दीपशिखा नेपाल, ‘मिस नेपाल कस्मो’को ताजसहित पहिलो उपविजेता बनिन् । शनिबार गोदावरी सनराइज कन्भेनसन सेन्टरमा आयोजित मिस नेपालको ग्रान्ड फिनालेमा उरुषा भण्डारी उपविजेता बन्दै ‘मिस नेपाल इन्टरनेसनल’को ताज जितिन् । जापानमा हुने मिस इन्टरनेसनलमा उनले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै, सोनी घले प्रतियोगितामा ‘मिस नेपाल अर्थ २०२५’ घोषित भइन् ।

अन्य उपाधितर्फ ‘मिस कन्फिडेन्ट’को उपाधि प्रज्ञिका क्षेत्रीले जितिन् । उरुषा भण्डारीले ‘मिस टाइमलेस एलिगेन्स’ र ‘रियल मिस पपुलर च्वोइस’ गरेर एकसाथ दुई उपाधि जितिन् । साइच्छा थापाले ‘डाबर बाटिका मिस ब्यूटिफूल हेयर’ जित्दा ‘मिस हेल्थी स्किन’को उपाधि आरती थापाले पाइन् । ‘बिवाइडी मिस ग्रीन भिजनरी’को उपाधि जग्दिश्वरी शाहले पाउँदा ‘एन्बियो मिस प्रिस्टिन’ प्रियांका थापाको पोल्टामा पर्‍यो ।